Sanskritika Aayam – Tejeswor Babu Gwanga
$68.06
$87.8
Description संस्कृतिका आयाम– तेजेश्वर बाबु ग्वंग भौतिक जीवनका अनेक अनेक संस्कार र संस्कृतिहरु मान्छेको जीवनसँग निबद्ध बनेर अभिव्यञ्जित भएका हुन्छन् । ती संस्कृतिका तन्तुहरु कति आफ्नैवैयक्तिक किसिमका हुन्छन् र कति चाहिं साझा किसिमका... संस्कृतिका आयाम– तेजेश्वर बाबु ग्वंग भौतिक जीवनका अनेक अनेक संस्कार र संस्कृतिहरु मान्छेको जीवनसँग निबद्ध बनेर अभिव्यञ्जित भएका हुन्छन् । ती संस्कृतिका तन्तुहरु कति आफ्नैवैयक्तिक किसिमका हुन्छन् र कति चाहिं साझा किसिमका हुन्छन् । यस्ता अनेक विषय र सन्दर्भलाई टेकेर सृजना गरिएका र विभिन्न समय र सन्दर्भमा सृजना गरिएका निबन्धहरु यहाँ समावेश भएका छन् । विश्वमानव जीवनलाई र कुनै सीमित संस्कृतिका विषयलाई केन्द्र बनाएर सृजना गरिएका तर निकै निजात्मक भावसंवेगका आधारमा सृजना भएका ३७ ओटा लघु रचनाको सङ्ग्रहका रूपमा दोस्रो संस्करणको रूपमा प्रकाशनमा आउन लागेको यो सङ्ग्रह आफैमा महत्त्व राख्ने कृति हो । राजेन्द्र सुवेदी २८ वर्ष समय गुजरान पछि बल्ल संस्कृतिका ‘आयाम संग्रह’ ले दोस्रो आवर्तनको मुहार पाठक महानुभाव सामु देखाउने अवसर पाएको छ । यो अवसरलाई एक मुहूर्त मानिरहेको छु । जीवनको प्रत्येक मोड एक मुहूर्त हो । अठाइस वर्षे समयावधिले थुप्रै नयाँ नयाँ पहल देखिसकेका छन्; देखाई सकेका छन् । निबन्ध जगत अहिले आएर नयाँ नयाँ आयाम देखिरहेका छन् । यति नै मात्र नभई नवीन आयामहरू पनि जोडिरहेका छन् । भन्न मन लाग्छ अब निबन्ध मनका आवेगबाट निबन्ध आयामहरू बटुलिरहेका छन्, बोकिरहेछन् । निबन्ध अचेल निर्बन्ध आयामिक प्रस्तुति बन्न पुगेका छन् । निर्बन्ध आयाम सँगाल्दै गतिमान् चिन्तनका अनेकानेक धार बहाउन निबन्ध निर्बन्ध आयामिक शैलीका छनक वर्षाएर आफ्ना धार प्रवाहमान गर्छ; प्रस्तुत गर्दो हुन्छ । यस प्रवृत्तिलाई पालन गर्नु आफ्ना निबन्ध फाँटका स्वधर्म थानी मानी रहेछु । Weight: 0.3 kg Authors: Tejeswor Babu Gwanga Language: Nepali Publisher: Shami Sahitya Pratisthan Show More Description »
Religion